कलैया, १८ जेठ । आज सुनको मूल्य बढेको छ ।
आइतबार सुन प्रतितोला ३ सय रुपैयाँ बढेर १ लाख ८८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत शुक्रबार सुनको मूल्य प्रतितोला एक लाख ८८ हजार ५ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ बढेको छ। आज चाँदी एक हजार ९ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।