कलैया, १९ जेठ। नेपाली बजारमा सोमबार (आज) सुनको मूल्य बढेको छ ।
सुमबार सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेर तोलाको १ लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि आइतबार सुनको मूल्य १ लाख ८८ हजार ८ सय रुपैयाँ कायम भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेको छ। आज चाँदी १ हजार ९ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी १ हजार ९ सय ८५ रुपैयाँ कायम भएको थियो ।