काठमाडौं, २२ जेठ । नेपाली बजारमा आज सुनको मुल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुनको मूल्य तोलामा ५ सयले बढेर तोलाको एक लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको एक लाख ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा २०७५ रुपैयाँमा कारोबार भइरहेको छ ।