35.4 C
Kalaiya

Saturday, June 7, 2025
35.4 C
Kalaiya
Saturday, June 7, 2025

spot_img

अमेरिकामा चार नेपालीको गोली प्रहारबाट मृत्यु

spot_img
spot_img
spot_img
Advertisement

काठमाडौँ,२४ जेठ । अमेरिकाको भर्जिनियामा एकै परिवारका चार नेपालीको हत्या भएको छ । भर्जिनियाको मानासास पार्कमा रहेको एक घरमा गए राति दुई बालबालिका र दुई वयस्कलाई गोली हानी हत्या गरिएको अवस्थामा फेला पारेको स्थानीय प्रहरीले जानकारी दिएको छ ।

Advertisement
Advertisement

प्रहरीले २ वर्षीय बालक, ८ वर्षीया बालिका, ३८ वर्षीय सन्तोष परियार र ३६ वर्षीया अञ्जु श्रेष्ठ गोली लागेर मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । घटनास्थलबाट एउटा बन्दुक बरामद भएको छ। छिमेकीहरूका अनुसार सो परिवार करिब छ महिनाअघि नेपालबाट पुगेको थियो ।

Advertisement

चारै जनाको गोली लागेर मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। मानासास पार्क प्रहरीले हत्या वा आत्महत्या को विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर