Saturday, August 1, 2026

‘भिजिट भिसा’ प्रकरणमा संसदीय समितिको माग गर्दै रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिष्कार

कलैया, २३ असार। भिजिट भिसा प्रकरणमा संसदीय समितिको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन् । प्रतिनिधिसभाको आजको बैठक सुरु हुने बित्तिकै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदले उठेर विरोध जनाएका थिए ।

त्यसपछि सभामुख देवराज घिमिरेले सांसद मनिष झालाई बोल्न समय दिएका थिए । बैठकमा बोल्दै सांसद झाले यो सरकार नढलोस् भनी केही महिनाअघि भनेको उल्लेख गर्नुहुँदै ‘कुलिङ अफ पिरियड’ का बारेमा सभापतिले संसद्मा प्रस्ताव गरेकोभन्दा फरक विषय पारित हुनु दुःखद् भएको बताए। त्यस्तै उनले जुन दलसँग सम्बन्धित दलका नेताका बारेमा प्रश्न उठेको त्यि दलका नेताको संयोजकत्वमा समिति गठन नगर्ने सहमति एक वर्षअघि भएको थियो । तर यसपटक त्यसै गर्न खोजिएको ्भन्दै आपत्ति जनाएका छन।

राप्रपा सांसद दीपकबहादुर सिंहले निजामती विधेयकमा ‘कुलिङ अफ पिरियड’ को पनि संसदीय समिति बन्न लागेको उल्लेख गर्नुहुँदै भिजिट भिसा प्रकरणमा प्रधानमन्त्रदेखि तल्लो तहका कर्मचारी जोडिएकाले यस बारेमा छानबिन गर्न संसदीय समितिको माग गरेका छन।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर