21.1 C
Kalaiya

Sunday, December 14, 2025
spot_img
21.1 C
Kalaiya
Sunday, December 14, 2025

कलैयामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

spot_img
spot_img

साजिर मन्सूर/ कलैया,२६ असार । सुशासन पारदर्शीता जवाफ देहिता कलैया उपमहानगरको प्रतिबद्धता भन्ने नारा सहित आज कलैया उपमहानगरपालिका वडा नम्बर २७ बरवा टोल स्थित श्री नेरा आधारभुत बिधालय मा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । प्रमुख अतिथी नगर प्रमुख बिनोद साहले कार्यक्रममा उठेका सबै प्रशनको जवाफ दिनुभएको छ । उनले सरसफाइ,शिक्षा र कृषि एवम किसानको बिकास मा आफू लागेको बताउदै शहरी छेत्रको बिकास पछि अब पुर्ण रुपले पालिकाको ग्रामीण भेगमा आफुले ध्यान दिने गरेको बताएका छन । उठेका जिज्ञासाको जवाफ दिदै प्रमुख प्रशासकिय अधिकृत नाथु साहले सरकारको राजस्व संकलन घट्दा जन चाहना समेट्न समस्या बढेको बताएका छन । उनले सिमित श्रोत साधनमा अधिकतम जनताको भावनालाई समेट्ने प्रयास गरिएको बताएका छन ।

Advertisement

सुनुवाईका क्रममा स्थानिय नागेन्द्र कुश्वाहा,बलिराम चौधरी,राज बन्सी सहनी,जोधालाल सहनी,बन्शी मिया,जवाहरलाल सहनी,छोटेलाल महतो,भगिया देबि,द्वारिका सहनी,शर्मा सहनी,उमेश सहनी,हृदय नारायण कुश्वाहा,अनरजित चौधरी,हरि सहनी,जिरा महतो कोईरी,उमाशन्कर चौधरी,सुकदेव यादव,शम्भु पटेल,बलिराम यादव,अजय तिवारी लगायतकाले कलैया उपमहानगर सरकार सङ्ग विभिन्न प्रश्न र जिज्ञासा राखेका थिए । सेवा प्रदायक संस्था आईएसआरपिटि का अध्यक्ष जितेन्द्र यादवले स्वागत मन्तव्य दिदै पालिका बाट प्रवाह हुने सेवा सहज रुपमा पुगे नपुगेको,नगरबाट आउने योजना पालिकामा भयो कि नाई यी तमाम बिषयमाथी खुल्ला छलफल हुने बताए । सार्वजनिक सुनुवाइले पारदर्शिता,जवाफदेहीता,र निर्णय प्रक्रियामा लोकतान्त्रिक सहभागिताका लागि एक सम्यन्त्रको रुपमा काम गर्दछ भने ।

Advertisement

वडा अध्यक्ष अशोक तिवारीको अध्यक्षता तथा नगर प्रमुख बिनोद साहको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बिशिस्ट अतिथि प्रमुख प्रशासकिय अधिकृत नाथु साह,स्थानिय शासन बिज्ञ नजबुल्लाह अन्सारी,महेशपुर स्वास्थ्य चौकी ईन्चार्ज भागिरथ साह,विभिन्न बिधालयका प्रधानाध्यापक,सन्चारकर्मी तथा स्थानिय जनताको बाक्लो उपस्थिति रहेको थियो ।

Advertisement

नेपाल पत्रकार महासंघ मधेस प्रदेश का सदस्य साजिर मन्सूरले उपमहानगर स्तरिय सार्वजनिक सुनुवाइ कार्यक्रमको सहजीकरण गरेका थिए । कार्यक्रमको ब्यवस्थापन ईन्स्टिच्युट फर स्ट्रेटेजिक रिसर्च एन्ड प्रोफेसनल ट्रेनिङले गरेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर