कलैया, ९ साउन। शुक्रबार सुनको मुल्य तोलामा ५ सय रुपैयाँ घटेको छ ।
आज सुन प्रतितोला १ लाख ९४ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि बिहिबार तोलाको १ लाख ९५ हजार २ सय रुपैयाँ कायम भएको थियो ।
त्यस्तै, चाँदीको मुल्य ५ रुपैयाँ बढेको छ । चाँदी आज २ हजार ३ सय ४० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ । यस अघि बिहिबार चाँदीको मुल्य प्रतितोला २ हजार ३ सय ३५ रुपैयाँ कायम भएको थियो ।