14.7 C
Kalaiya

Monday, December 8, 2025
spot_img
14.7 C
Kalaiya
Monday, December 8, 2025

प्रधानमन्त्री साउन १८ गते तुर्केमिनिस्तान जाने

spot_img
spot_img

काठमाडौं, १५ साउन । बाढीबाट क्षतिग्रस्त सिन्धुली सडकको आपतकालीन पुनःस्थापनाका लागि जापान सरकारबाट प्राप्त हुने २.८ अर्ब जापानी येन बराबरको अनुदान सहायता स्वीकार गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही साउन १८ गतेदेखि २३ गतेसम्म तुर्कमेनिस्तान भ्रमण गर्ने भएका छन् ।

Advertisement

भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली तुर्कमेनिस्तान जान गरेका हुन् । साउन १२ को मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्रीको नेतृत्वमा तुर्कमेनिस्तान भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने र भ्रमण स्वीकृत गर्ने निर्णय भएको जानकारी दिए ।

Advertisement

बैठकले न्याय सेवा आयोगको सिफारिस अनुसार सर्वोच्च अदालतका रजिष्टार विमल पौडेललाई मुख्य रजिष्टार पदमा बढुवा गरेको छ । बैठकले नेपाल इन्जिनियरिङ परिषद्को रजिष्टारमा तनहुँका ध्रुवराज भट्टराईलाई नियुक्त गरेको छ भने भक्तपुर क्यानसर अस्पताल विकास समितिको कार्यकारी निर्देशकमा कास्कीका डा।उज्जवल चालिसेलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

Advertisement

त्यस्तै, रानी जमरा सिँचाइ आयोजना तेस्रो चरणका लागि विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने करिब १८ अर्ब ९२ करोड नेपाली रूपैया बराबरको सहुलीयतपूर्ण ऋण सहायता पनि स्वीकार गरिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर