कलैया, २४ साउन। नेपाली राष्ट्रिय टोलीका खेलाडी आदिल आलम नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा १५ लाखमा काठमाण्डु गोर्खाजमा अनुबन्ध भएका छन् ।
काठमाडौंमा जारी एनपीएलको अक्सनमा आलम काठमाण्डु गोर्खाजमा अनुबन्ध भएका हुन। ग्रेड ए मा रहेका आलमको न्युनतम मुल्य १० लाख रुपैयाँ थियो। सबै टिमले अधिकतम १५ लाख मा चाहेपछि काठमाण्डु गोर्खाजले लक्की ड्र बाट पाएको हो ।
बारा जिल्लाका आदिल पहिलो पटक एनपीएल खेल्ने भएका छन ।