27.3 C
Kalaiya

Tuesday, August 19, 2025
spot_img
27.3 C
Kalaiya
Tuesday, August 19, 2025

spot_img

आज २०८२ साल भदौ ०३ गते बुधबार,यस्तो छ तपाईंको राशिफल

spot_img
spot_img
spot_img
Advertisement

आजको राशीफल :

Advertisement

वि.सं. २०८२ साल भदौ ३ गते मंगलबार, यस्तो छ ज्योतिषी भुपेन्द्र राज घिमिरेले तयार पार्नुभएको राशिफलः

Advertisement

मेषः

आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन् । व्यवसायले उचाइको मार्ग अवलम्बन गर्नेछ । कृषि र पशुधनबाट यथेष्ट लाभ मिल्नेछ । सामाजिक योगदानले मान–सम्मान दिलाउनेछ । विलासी वस्तुका लागि धन खर्च हुन सक्नेछ ।

वृषः

वाणीमा दोषलाग्न सक्नेछ । बोलीवचनको व्यवहारमा ख्याल पुर्याउनु होला । काम गर्दा प्रशस्त विघ्नबाधा र चुनौतीको सामना गर्नुपर्ने समय छ । पढाइलेखाइमा धेरै समय दिन नसकिएला ।

मिथनुः

सहकर्र्मी साथीभाई तथा हाकिमको साथ सहयोग मिल्नेछ । व्यक्तिगत खुसीका लागि कुनै कुरामा खर्च बढ्ने समय छ । आर्थिक पक्ष कमजोर भएमा पार्टनरको सहायता लिन सकिनेछ ।

कर्कटः

आज सोचेभन्दा बढी संघर्ष गर्नुपर्ने खालको समय देखिएको छ । कार्यक्षेत्रमा केही अवरोध सृजना हुनसक्ने तथा काम बिग्रन सक्नेछ । हतार नगर्नु नै बुद्धिमानी हुनेछ । केही धनमाल हराउने वा ठगीमा परिने सम्भावना देखिएकाले सजग रहनुहोला ।

सिंहः

सामाजिक कार्यमा मन जानेछ । मानसम्मान उच्च हुनेछ । शुभ कर्मको शुरुवात होला । अध्ययनमा मन लाग्ला । आर्थिक सुधार हुनेछ । प्रेमप्रसंग सुमधुर हुनेछ । बहुमूल्य रत्न, धातु आदि संग्रह गर्ने योग रहेको छ ।

कन्याः

नयाँ काम गर्ने अवसर मिल्नेछ । सामाजिक मानसम्मान र प्रतिष्ठा बढ्नेछ । जागिरमा पदोन्नति हुनेछ । राजनीतिमा आफ्नो बर्चस्व बढाउन सकिनेछ । नोकरी तथा राजनीतिमा विशेष अवसर प्राप्त हुनेछ ।

तुलाः

उधारोमा व्यापार गर्नुपर्ने हुन सक्नेछ । केही व्यावहारिक उतारचढाव आउनेछन्, तापनि भविष्यका लागि दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ । आशा देखाउनेहरूको विश्वास गर्दा धोका पाइनेछ, सजग रहनु होला ।

बृश्चिकः

काममा केहि समस्या रहेता पनि मेहनतबाट सफलता हात लाग्ने समय छ । सहयोगिको साथबाट कार्यमा सफलता मिल्नेछ । आन्तरिक कुरा खुलासा हुनेछ । उठ्नुपर्ने रकम अड्किनाले अर्थ अभाव तथा काममा बाधा हुने देखिन्छ ।

धनुः

नयाँ अवसर खोज्नेहरूका लागि पनि यो समय उत्साहवर्धक रहनेछ । स्रोत–साधन जुट्नाले महत्त्वाकांक्षी काम थालनी गर्न सकिनेछ । सुन्दर पहिरन, आकर्षक व्यक्तित्व तथा तारिफयोग्य कामले चर्चित भइने दिन रहेको छ ।

मकर:

शारीरिक बल बढ्ने छ । शत्रु मुकाविलामा वियजी भइने छ । आँटे ताकेको काम अगाडि बढ्ने देखिन्छ । व्यापार व्यवसाय फस्टाउने छ । कर्म साधनातर्फ केही चुनौती देखिए पनि राम्रो प्रतिफल प्राप्त गर्न सफल भईनेछ ।

कुम्भ:

चिन्तामा बृद्धि हुने दिन हो । तर पनि सन्तान र जीवनसाथीको इच्छा र रुचिलाई ध्यान दिनु ठीक हुनेछ । घोरिएर बस्नुभन्दा अभिभावकसमक्ष आफ्ना कुरा राखी निकास खोज्नु राम्रो हुनेछ । कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ ।

मीनः

घरपरिवारमा सानातिना कुरामा वैचारिक मतभेद वा विवाद भइरहन्छ । आवश्यक भएमा बन्धुवान्धव वा साथीभाइको सहयोग लिन सकिन्छ । आज अत्यधिक परिश्रमले थकान र कमजोरी निम्त्याउन सक्नेछ ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर