आजको राशिफल :
मेषः
गरिएका कर्मबाट उचित फल मिल्नेछ । केहि समस्या देखिए पनि आय आर्जनमा रमाउने समय रहेको छ । व्यवसायिक यात्रा हुन सक्नेछ । दाम्पत्य जीवन रमाइलो रहने देखिन्छ । लगनशीलताले रोकिएको कार्य पनि सम्पादन हुनेछ ।
वृषः
काम बिग्रने भयले सताउनेछ भने, न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ । आफ्नो कमजोरीले चिन्ता बढाउन सक्नेछ । बेलामौका विचार गरेर आफ्नो प्रस्तुति दिनु उचित रहने छ ।
मिथुनः
अनायासै सहकर्मी तथा संसर्गीसँग मनमुटाव हुनसक्ने योग छ । सहनशक्ति बढाउने र सावधानी अप्नाउने गर्नु बुद्धिमानी हुनेछ । सेवामूलक कामबाट धनलाभ हुनेछ सामाजिक दायित्व पूरा गर्नमा सफलता पाइनेछ ।
कर्कटः
आजको दिन वौद्धिक उन्नती हुनेछ । शैक्षिक क्षेत्रमा विशेष सफलता मिल्ने छ । मित्रवर्ग र बन्धुवान्धवले राम्रो सहयोग प्रदान गर्नेछन् । स्वादिष्ट भोजनको अनुकूलता प्राप्त हुनेछ । नयाँ ठाउँको यात्रा हुनसक्नेछ ।
सिंहः
राम्रोसँग कुरा बुझेर मात्र प्रतिक्रिया दिनु राम्रो हुनेछ । कतैबाट कुनै कामका लागि तपाईंलाई सम्झिइनेछ । अरुको भनाइभन्दा पनि राम्रो सोचेर काम गर्नुहोला । नयाँ कार्य प्रारम्भ गर्न उपयुक्त समयको प्रतीक्षा गर्नु राम्रो पक्ष हुनेछ ।
कन्याः
अधिकार र प्रतिष्ठा जोगाउन सफल भईनेछ । कामको चापबाट फुर्सद पाइनेछ । विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन् । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।
तुलाः
आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । मनमा नयाँ विचारहरू उत्पन्न हुनेछन् । भविष्यलाई लिएर रूपरेखा कोरिनेछ । आफन्त सँग मनमुटाव बढ्ला । मालसामान हराउन सक्नेछ, अतः सचेत रहनु उचित होला ।
बृश्चिकः
तर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको राम्रो दिन छ । इच्छा, आकांक्षा तथा मनोकामना पुरा हुनेछन् । व्यावसायिक यात्रा तथा भ्रमणको योग रहेको छ । कार्यक्षेत्रमा तारिफ योग्य कार्यले पद प्रतिष्ठा दिलाउनेछ ।
धनुः
शुभकार्यको चर्चा चल्नेछ । चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनेछ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । अध्ययनअध्यापनको क्षेत्रमा राम्रो पक्ष हुन आउँछ, जसले गर्दा नयाँ रचना तथा ज्ञानमा वृद्धि हुनेछ ।
मकरः
सरकारी क्षेत्रमा हुने कडिकडाउको सिकार भईनेछ । कर्मक्षेत्रमा धेरै मिहिनेत र दौडधुप गर्नुपर्ने समय छ । समस्या पर्दा सहयोगीहरू कमै भेटिनेछन् । कामको प्राथमिकता बुझेर चल्नसके सजिलो हुनेछ ।
कुम्भः
स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । सामाजिक उत्तरदायित्व वहन गर्ने परिस्थिति बन्नेछ । उत्साह र आत्मविश्वासमा कमी, आउन नदिनुहोला । नयाँ काममा हात हाल्नु हानिकारक हुनेछ ।
मीनः
मन प्रसन्न हुनेछ । महत्वपूर्ण कार्य सम्पन्न हुनेछ । शुभ कर्ममा सहभागि भइएला । आदर्श व्यक्तिसंग सहकार्य हुनेछ । नयाँ कार्यहरुका लागि धन, बल र बुद्धि प्रयोग गर्न उत्तमसमय रहेको छ ।