Friday, June 5, 2026

रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन झिकाउने आदेश

spot_img

बुटवल, ११ भदौ । उच्च अदालत तुल्सीपुरले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन माग गरेको छ । उच्च अदालत तुलसीपुर, बुटवल इजलासका न्ययायाधीश सागर विष्टको इजलासले लामिछानेको सबालमा कैफियत प्रतिवेदन माग गर्ने आदेश दिएको हो ।

सभापति लामिछानेको सहकारी ठगी प्रकरणमा रुपन्देही जिल्ला अदालतमा दिएको बिगो बुझाएर रिहा गर्न मागसहितको निवेदनमा रिहा गर्न अस्वीकार गरे पछि सो आदेशको विरुद्ध उच्च अदालत बुटवलमा निवेदन दायर गरे पछि यो आदेश आएको हो ।

गत साउन २६ गते जिल्ला अदालत, रूपन्देहीका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले रवि लामिछानेको निवेदनमा आदेश दिदै बैंक ग्यारेन्टीमा छोड्न अस्वीकार गरेको थियो । लामिछाने उच्च अदालत तुलसीपुरको बुटवल इजलासको आदेश अनुसार गत चैत २२ गतेदेखि पुर्पक्षका लागि थुनामा रहेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर