Friday, June 5, 2026

शिक्षा विधेयकविरुद्ध बाराका १६ पालिकामा नेपाल शिक्षक महासंघको ज्ञापनपत्र, २ घण्टा धर्ना

spot_img

कलैया, १३ भदौ। विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासंघको आह्वानमा बाराका १६ वटा पालिकामा शुक्रबार ज्ञापनपत्र बुझाइएको छ।

आन्दोलन परिचालन समिति बाराका संयोजक राज किशोर सहनीका अनुसार प्रत्येक पालिकामा शिक्षकहरूले २ घण्टा धर्ना बसेर विरोध जनाएका हुन्। शिक्षक महासंघले विधेयक शिक्षकविरोधी रहेको भन्दै असन्तुष्टि प्रकट गर्दै आएको छ।

विगतमा सरकारसँग भएको सहमति पूर्ण रूपमा कार्यान्वयन नभएकाले पुनः आन्दोलनमा उत्रनु परेको आन्दोलन परिचालन समिति बाराका संयोजक सहनीले जानकारी दिए ।

उनले प्रस्तावित विधेयकमा शिक्षक तथा विद्यालय कर्मचारीका मुख्य मागहरू अझै समेटिएको छैन भन्दै, प्रतिनिधिसभा र राष्ट्रियसभामा संशोधनका लागी माग गरे।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर