Friday, June 5, 2026

सिमरा विमानस्थलमा पुर्व राष्ट्रपति विद्या भण्डारीको भव्य स्वागत, भोलि कलैया आउने

spot_img

कलैया,१४ भदौ । पूर्व राष्ट्रपति विद्या देवी भण्डारी भोलि (आइतबार) बाराको सदरमुकाम कलैयामा आउने भएकी छन् । मदन भण्डारी फाउन्डेशन मधेश प्रदेश कमिटीले आयोजना गर्ने कार्यकर्ता भेटघाट कार्यक्रममा सहभागी हुन उनी दरबार होटल, कलैयामा उपस्थित हुने कार्यक्रम छ।

फाउन्डेशनका अध्यक्ष राज मोहम्मद रायका अनुसार कार्यक्रम बिहान ११ बजे सुरु हुनेछ । कलैया आउनु अघि आज ( शनिबार) पूर्व राष्ट्रपति भण्डारी पर्साको कार्यक्रममा सहभागी हुँदैछिन् । उनलाई सिमरा विमानस्थलमा भव्य स्वागत गरिएको छ । नेकपा एमालेका नेता तथा कार्यकर्ताले भण्डारीलाई ठूलो माला लगाइदिएर स्वागत गरेका थिए ।

विरगञ्ज उद्योग बाणिज्य संघको नारी शक्ति, समर्पण र सम्मान भन्ने मूल नाराका साथ हुन लागेको बृहत् महिला सम्मेलन २०८२ को अवसरमा हुने कार्यक्रममा प्रमुख अतिथि भई पूर्व राष्ट्रपति भण्डारी कार्यक्रममा सहभागी हुँदैछिन् ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर