कलैया, १ असोज । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा एक हजारले घटेर २ लाख १६ हजार एक सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
मङ्गलबार सुन प्रतितोला २ लाख १७ हजार एक सय मूल्यमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदी तोलामा ४५ रुपैयाँ घटेर २ हजार ५ सय ५० मा कायम कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।