कलैया, ९ असोज। अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले आज (बिहिबार) राष्ट्रको नाममा सम्बोधन गर्दैछिन् । प्रधानमन्त्री कार्कीले आज साँझ ६ बजे राष्ट्रको नाममा सम्बोधन गर्ने छिन्।
गत भदौ २३ र २४ गते भएको जेनजीहरूको प्रदर्शन पछि कार्की भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी थिइन् । आज हुने सम्बोधनको समन्वय सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयले गरेको छ ।