कलैया,१० असोज । पुर्वाधार विकास कार्यालय बाराकी निमित्त कार्यालय प्रमुख इन्जिनियर रिम्पु कुमारी यादवको सरुवा भएको छ । उनको ठाउँमा सर्लाहीका कार्यालय प्रमुख इन्जिनियर संजय कुमार यादव बिहीबार हाजिर भएका छन् ।
बारामा यादवले २०८२ साल जेठ ४ गतेदेखि निमित्त कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेकी थिइन् ।
उनको सरुवा पुर्वाधार विकास कार्यालय सर्लाहीमा इन्जिनियरका रूपमा गरिएको छ ।