Friday, June 5, 2026

उर्जा मन्त्री कुलमान घिसिङ भारत जाने, मन्त्रीपरिषद बैठकले गर्यो स्वीकृत

spot_img

कलैया, १२ असोज। अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए) को आठौँ बैठकमा भाग लिन उर्जा जलश्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङ भारतको नयाँ दिल्ली जाने भएका छन। आज बसेको मन्त्रीपरिषद्को बैठकले उनको भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

त्यस्तै बैठकले भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिहरुको पहिचान एवं सहज र प्रभावकारी उपचारको व्यवस्थाका लागि गृह मन्त्रालयले परिचय पत्र वितरणको व्यवस्था मिलाउने निर्णय गरेको प्रवक्ता खरेलले जानकारी दिएका हुन। सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घाइते भएका व्यक्तिहरुको पुनः उपचारका लागि अस्पतालहरु तोक्ने, ति अस्पतालहरुमा जेन जी क्लिनिक सञ्चालन गर्ने निर्णय गरेको छ । पुनः उपचारका लागि जाने घाइतेलाई निःशुल्क आवतजावतको व्यवस्था गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैठकले घाइते भएका व्यक्तिहरुको वर्गीकरण गर्नका लागि प्राविधिक समिति गठन गरी तत्काल कार्य प्रारम्भ गर्ने निर्णय गरेको हो । प्राविधिक समितिले वर्गीकरण गरेपछि घाइते भएका व्यक्तिहरुलाई वर्गीकरणको आधारमा उचित राहत दिने निर्णय भएको खरेलले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर