29.2 C
Kalaiya

Wednesday, November 5, 2025
spot_img
29.2 C
Kalaiya
Wednesday, November 5, 2025

जेनजी आन्दोलनमा कारागारबाट बाहिरिएका रवि लामिछानेलाई सिंहदरबार लगियो 

spot_img
spot_img

काठमाडौं, १९ कात्तिक। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बयानका लागि नख्खु कारागारबाट सिंहदरबार लगिएको छ । सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई आज प्रहरीले कारागारबाट ‘जेनजी आन्दोलन छानबिन आयोग’को कार्यालय लगेको हो ।

Advertisement

जेनजी आन्दोलनका क्रममा कारागारबाट बाहिरिएको विवादास्पद घटनाबारे सोधपुछ गर्न आयोगले उनलाई बोलाएको हो ।

Advertisement

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले हिंसात्मक रूप लिएको थियो । भदौ २४ गते सहकारी ठगी मुद्दामा नख्खु कारागारमा रहेका लामिछाने पनि ‘असुरक्षा’को कारण देखाउँदै अन्य कैदीबन्दीसँगै कारागारबाट बाहिरिएका थिए ।

Advertisement

उनी बाहिर निस्कँदा प्रयोग गरिएको ‘रिहाइ पत्र’को आधिकारिकतामा प्रश्न उठेपछि यो घटना थप विवादमा तानिएको थियो । लामिछाने भने पछि आफैँ कारागार फर्किएका थिए ।

जेनजी आन्दोलन र सो क्रममा भएका हिंसात्मक घटना, दमन र कारागारबाट कैदीबन्दी भागेको समग्र घटनाक्रमको छानबिन गर्न सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गरेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर