23.8 C
Kalaiya

Thursday, November 6, 2025
spot_img
23.8 C
Kalaiya
Thursday, November 6, 2025

बारामा दैनिक तीन सयभन्दा बढी नयाँ नाम मतदाता नामावलीमा थपिँदै

spot_img
spot_img

कलैया,२० कात्तिक । बारामा प्रत्येक दैनिक तीन सयभन्दा बढी नयां नाम मतदाता नामावलीमा थपिँदै गएको छ । निर्वाचन आयोग नेपालले असोज १० गतेदेखि सुरु गरेको मतदाता नामावली संकलन कार्यमा जिल्ला निर्वाचन कार्यालय बारामा कात्तिक १९ गते बुधबारसम्म ३ हजार ८ सय ५० जना नयाँ मतदाता थपिएका हुन् ।

Advertisement

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि आयोगले सुरू गरेको मतदाता नामावली संकलन कार्यमा बारामा एक महिनाको अवधीमा पुरुष २ हजार ४ सय ३७ र महिला १ हजार ४ सय १३ जना गरि कुल ३ हजार ८ सय ५० जना नयाँ मतदाता थपिएका छन ।

Advertisement

जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख नवीन चौधरीका अनुसार बारा जिल्लामा पुरुष २ लाख ४१ हजार ७ सय ३२ , महिला १ लाख ९९ हजार ८ सय ४० अन्य ११ जना गरि कुल मतदाताको संख्या ४ लाख ४१ हजार ५ सय ८३ जना रहेका छन् ।

Advertisement

चाडपर्व दसैँ, तिहार र छठका कारण नयाँ मतदाता थपिने क्रममा बढ्दै गएको छ । प्रत्येक दिन ३ सय भन्दा बढी सेवाग्राहीहरु नयाँ मतदाता नामावलीमा थपिदै गएको प्रमुख चौधरीले बताएका छन् ।

उनका अनुसार एक जना मात्र कम्प्युटर अपरेटर रहेको कार्यालयमा जनशक्ति थपेर दुई स्थानबाट मतदाता नामावली दर्ता गरिरहेका छौँ । महिला र पुरुषका लागि छुट्टाछुट्टै लाइनको व्यवस्था पनि गरिएको उनले बताए ।

यता निर्वाचन आयोगले मतदाता नामावली संकलन कार्यको लागि अन्तिम समयावधि कार्तिक ३० गते (कार्तिक मसान्तसम्म) तोकेको छ । तर मतदाता नामावली दर्ता गर्न अब करिब ११ दिन मात्र बाकी रहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर