कलैया, २० कात्तिक। नेपाली बजारमा आज (बिहिबार) सुनचाँदीको मूल्य बढेको छ ।
आज सुन एक तोलाको ६ सय रुपैयाँ बढेर दुई लाख ३७ हजार ८ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस अघि बुधबार सुन तोलाको दुई लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै चाँदीको मूल्य पनि आज बढेको छ। आज चादीँ ३ हजार १० कायम भएको महासंघले जनाएको छ। यस अघि बुधबार चाँदी दुई हजार ९ सय ९० रुपैयाँमा कारोबार भएको थियो।
















