कलैया, ०५ मंसिर । प्रहरी प्रधान कार्यालयले बाराका प्रहरी प्रमुख एसपी सन्तोष तामाङको सरुवा गरेको छ ।
बाराको सिमरा बुधबार देखि अशान्त बनेको छ । जेनजी समुह र एमाले कार्यकर्ता बीचको झडप पछि दुई दिन देखि सिमरा अशान्त बनेको थियो । सोहि घटनाक्रमपछि उनलाई प्रहरी हेडक्वार्टर सरुवा गरिएको हो । मानव बेचबिखन अनुसन्धान ब्यूरोमा कार्यरत एसपी नरेन्द्र कुँवर बारा आउने भएका छन्।
एसपी तामाङ बारामा गत २०८१ माघ १८ गते हाजिर भएका थिए । उनी करिब १० महिना जिल्ला सम्हालेका छन् ।
















