Wednesday, September 16, 2026

बाराका एसपी तामाङलाई हटाइएकोमा ओलीको आपत्ति

Advertisement
Advertisement

कलैया, ०६ मंसिर। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाराका प्रहरी प्रमुख एसपी सन्तोष तामाङलाई जिम्मेवारीबाट हटाएर हेडक्वार्टर सरुवा गरेको घटनाप्रति कडा आपत्ति जनाएका छन्। आज काठमाडौंमा आयोजित पार्टीको सभामा बोल्दै उनले एसपी हटाइएको भन्दै उक्त कदमलाई ‘तमासा’ को संज्ञा दिएका हुन।

ओलीले भने, “के अब प्रहरी पनि जेनजी बनेर आइदिनुपर्ने ? प्रहरीले जेनजीलाई सघाएन भनेर एसपीलाई तानियो, यो तमासा होइन ?”

उनले बारामा एयरपोर्ट बन्द गराउने नाटक गर्न कुनै ‘जेनजी’ नभई अराजक तत्वहरू आएको जिकिर गरे। उनले भने, ” त्यहाँ एयरपोर्ट बन्द गराउने नाटक गराउन कुनै जेनजी आएको थिएन”

बाराको सिमरामा बुधबार जेनजी र एमालेका कार्यकर्तासँग झडप भएसँगै प्रहरी प्रधान कार्यालयले शुक्रबार एसपी तामाङको सरुवा गरेको थियो । बारामा एसपी नरेन्द्र कुँवर आउने भएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर