Friday, June 5, 2026

जसपा नेपाल र जसपाबीच एकता घोषणा

spot_img

कलैया, १४ पुस । जनता समाजवादी पार्टी नेपाल र जनता समाजवादी पार्टीबीच एकता घोषणा भ​एको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र जसपाका सहअध्यक्ष रेणु यादव पक्षबीच पार्टी सहमतिमा हस्ताक्षरसमेत भएको छ ।

यसअघि आइतबार तराई मधेस लोकतान्त्रिक पार्टी र जनता समाजवादी पार्टी नेपालबीच एकताको सहमति भएको थियो । विगतमा एउटै दलमा रहेका दुई पार्टीबीच आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै एकता भ​एको छ ।

जनता समाजवादी पार्टीका बहुमत केन्द्रीय सदस्य उपेन्द्र यादव नेतृत्वको पुरानै पार्टीमा एकीकृत हुने तय भएको रेणु यादव पक्षका नेता प्रदीप यादवले जानकारी दिएका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर