Friday, June 5, 2026

निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागु हुने

spot_img

कलैया, २५ पुस। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागी माघ ३ गते देखि निर्वाचन आचारसंहिता लागु हुने भएको छ। निर्वाचन आयोगका पदाधिकारीले आसन्न निर्वाचनका लागि जारी हुने निर्वाचन आचारसंहिताबारे आज प्रधानमन्त्री सुशीला कार्कीलाई समेत जानकारी गराएको छ।

निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्त र उच्चअधिकारीहरूले प्रधानमन्त्री कार्कीलाई भेटेर सो जानकारी गराएका हुन। भेटको क्रममा निर्वाचनको व्यवस्थापन र तयारीका विषयमा छलफल भएको हो ।

भेटका अवसरमा अर्थमन्त्री रामेश्वर खनाल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिकुमार सिन्हा, मुख्यसचिव लगायतको उपस्थिति रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर