Friday, June 5, 2026

बारा क्षेत्र नं. २ मा रामकिशोर यादवको सक्रिय चुनावी अभियान

spot_img

कलैया, ०९ फागुन । बारा क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रामकिशोर यादव यतिबेला चुनावी अभियानलाई तीव्र बनाउँदै घरदैलो तथा जनसंवाद कार्यक्रममा सक्रिय देखिएका छन्। जनता समाजवादी पार्टी, नेपालका तर्फबाट उम्मेदवारी दिएका यादवले क्षेत्रका विभिन्न टोल–बस्तीमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गरिरहेका छन्।

उनले अभियानका क्रममा मधेसी अधिकार, सामाजिक न्याय, सुशासन, रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्य सेवाको विस्तारलाई आफ्नो मुख्य प्राथमिकता रहेको बताएका छन्।

स्थानीय बासिन्दासँगको संवादमा उनले जनताको आवाजलाई संसदसम्म पुर्‍याउने र क्षेत्रको समग्र विकासका लागि प्रतिबद्धतापूर्वक काम गर्ने प्रतिज्ञा व्यक्त गरेका छन्।

स्थानीय स्तरमा देखिएको सहभागिता र समर्थनले आगामी निर्वाचनमा उनको प्रतिस्पर्धा बलियो रहने राजनीतिक वृत्तमा चर्चा भइरहेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर