Friday, June 5, 2026

ईन्जिनियर अरविन्द साहलाई जिताउन जोतपुरमा २१ सदस्यीय बुथ कमिटी गठन 

spot_img

फाल्गुन १०, कलैया। बारा-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी) का उम्मेदवार ईन्जिनियर अरविन्द साहलाई जिताउन फेटा गाउँपालिका वडा नं ५ जोतपुरमा बुथ कमिटी गठन गरिएको छ।

फाल्गुन २१ गते नजिकिँदै गर्दा पार्टी संगठनको बिस्तार तथा सक्रिय बनाउन र निर्वाचनमा बुथलाई व्यवस्थीत बनाउन १ जना महिला सहितको २१ सदस्यीय बुथ कमिटी गठन गरिएको हो।

बुथ कमिटी गठन गर्न बसेको बैठकले जितेन्द्र मण्डललाई सभापति, जाबेद अन्सारीलाई उपाध्यक्ष, कृष्ण महतो मण्डललाई सचिव र फुल कुमार देवी मण्डललाई कोषाध्यक्ष चयन गरिएको थियो।

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीको क्षेत्र नं ३ का क्षेत्रीय उपसभापति लालमुकेश ठाकुर, पार्टीका फेटा गाउँपालिका अध्यक्ष सन्तोष गुप्ता, पार्टीका सदस्य दया सिन्धु कुशवाहा, युवाहरु नितेश चौरसिया, पार्टीका फेटा-७ का अध्यक्ष ओमजी साह, राजकुमार साह, हिरालाल साह, श्यामसुन्दर साह लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर