Saturday, August 1, 2026

प्रतिनिधिसभा निर्वाचनः तीन दिन बिदा दिन सरकारलाई निर्वाचन आयोगको सिफारिस

कलैया, १० फागुन । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको छ। आयोगले आइतबार नेपाल सरकारलाई पत्राचार गर्दै मतदानको समयमा मतदाता र कर्मचारीको सहजताका लागि बिदाको प्रस्ताव गरेको हो।

आयोगका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भट्टराईका अनुसार फागुन २०, २१ र २२ गते गरी तीन दिन बिदा दिन सिफारिस गरिएको छ। आयोगको यो सिफारिसमाथि अब बस्ने मन्त्रिपरिषद् बैठकले औपचारिक निर्णय गर्नेछ।

सरकारले निर्णय गरेपछि मात्रै यो बिदा देशभर लागू हुनेछ। प्रतिनिधि सभा निर्वाचनका लागि बारा जिल्ला लगायत देशभर सुरक्षा र व्यवस्थापकीय तयारीलाई तीव्र पारिएको छ।

बारामा पनि निर्वाचनलाई लक्षित गरी नमुना मतदान र मतदाता शिक्षाका कार्यक्रमहरू सञ्चालन भइरहेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर