Friday, June 5, 2026

आयोगको निर्देशन: निर्वाचन प्रचारमा चुनाव चिन्हको भौतिक स्वरुप प्रयोग गर्न प्रतिबन्ध

spot_img

कलैया, १० फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले प्रचारप्रसारका क्रममा निर्वाचन चिह्नको भौतिक स्वरूप प्रयोग नगर्न राजनीतिक दल र उम्मेदवारहरूलाई कडा निर्देशन दिएको छ।

आयोगले आज एक प्रेस विज्ञप्ति जारी गर्दै केही उम्मेदवार र दलहरूले निर्वाचन चिह्नको भौतिक स्वरूप बोकी हिँड्ने गरेको र त्यसले सार्वजनिक सुरक्षामा जोखिम पुर्‍याएको भन्दै यस्तो कार्य तत्काल रोक्न निर्देशन दिएको हो।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ र निर्वाचन आचारसंहिताको दफा १३ को खण्ड (ङ) बमोजिम दलको झण्डा र चुनाव चिह्नको मापदण्ड तोकिएको छ। सोही मापदण्ड भित्र रहेर मात्र प्रचारप्रसार गराउन आयोगले सम्पूर्ण सरोकारवालाहरूमा अनुरोध गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर