Friday, June 5, 2026

दोषीलाई कारबाहीको दायरामा ल्याउने : वीरगञ्ज सद्भाव संयन्त्रको यस्तो छ निर्णय

spot_img

कलैया, ११ फागुन । पर्साको वीरगञ्ज महानगरपालिका–११ श्रीपुरमा आइतबार साँझ भएको घटनालाई लिएर जिल्ला प्रशासन कार्यालय पर्सामा सोमबार बसेको सद्भाव संयन्त्रको बैठकले तीन बुँदे निर्णय गरेको छ। प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा बसेको उक्त बैठकले घटनाका दोषीलाई कानूनी दायरामा ल्याउने र जिल्लामा शान्ति सुरक्षा कायम गर्ने प्रतिबद्धता जनाएको छ।

बैठकले गरेका मुख्य निर्णयहरू यस प्रकार छन्:

१. दोषीमाथि कडा कानूनी कारबाही
श्रीपुरमा फागुन १० गते बेलुकी भएको घटना र त्यसबाट सिर्जित परिस्थितिका दोषी पक्षलाई स्थानीय प्रशासनले तत्काल कानूनी दायरामा ल्याउने निर्णय गरेको छ। यसका लागि पीडित पक्षबाट जाहेरी लिएर आवश्यक प्रक्रिया यथाशीघ्र सम्पन्न गरिनेछ। साथै, दोषीलाई कानूनी कठघरामा उभ्याउन धार्मिक अगुवाहरूले समेत सहजीकरण गर्ने सहमति भएको छ।

२. सामाजिक सञ्जालमा ‘हेट स्पीच’ फैलाउनेलाई साइबर कानून
कुनै पनि व्यक्तिगत घटना वा दुर्घटनालाई लिएर धार्मिक तथा सामाजिक सद्भावमा खलल पुग्ने गरी भड्काउने, दुष्प्रचार गर्ने वा सामाजिक सञ्जालमा भाइरल बनाउने कार्यलाई प्रशासनले गम्भीरतापूर्वक लिएको छ। ‘हेट स्पीच’ (Hate Speech) वा घृणा फैलाउने सामग्री प्रसारण गर्ने जोकोहीलाई साइबर कानून तथा प्रचलित कानून बमोजिम तत्काल कारबाही गरिने बैठकले निर्णय गरेको छ।

३. सद्भावका लागि सामूहिक प्रतिबद्धता
आगामी दिनमा जिल्लामा धार्मिक र सामाजिक सद्भाव कायम राख्न बैठकमा सहभागी नागरिक समाज, राजनीतिक दल, सञ्चारकर्मी, धार्मिक तथा सामाजिक अगुवा र जनप्रतिनिधिहरूले आ–आफ्नो संस्था वा निकायको तर्फबाट आधिकारिक विज्ञप्ति जारी गरी शान्तिको अपिल गर्ने निर्णय भएको छ।

May be an image of text that says 'वीरगंज महानगरपालिका ។។ श्रीपुरमा हिजो ನಂದಾ/1/ गते बेलुकी भएको घटना तथा घटनावाट श्रजित घटनाक्रमका दोपी पक्षलाई स्थानिय प्रशासनले कानुनी दायरामा ल्याउने। का लागि पीडीत पक्षवाट जाहेरी लिई आवश्यक प्रका्या ययाशिष् सम्पन्न गर्ने यस्ता दोगीहरुलाई कानुनी दायरामा ल्याउन घार्मिक अगुबाहरुले समेत सहजीकरण गर्ने। व्यक्तिगत घटना/ दुर्षटनालाई लिएर धार्मिक तथा सामाजिक सद्रावमा खलल पुने गरी भड्काउने.दुप्पचार समाजिक संजालमा Viral बनाउने, Speech प्रशारण ग्नेलाई Cyber कानुन तथा प्रचलित कानुन वमोजिम तत्काल कारवाहीको दायरामा ल्याउने| आगामी दिनमा धार्मिक,सामाजिक सदभाव कायम राख यस बैठकमा उपस्यित सम्पूर्ण नागरिक समाज,राजनीतिक दल,मिडियाकर्मी,ध तथा समाजिक अगुवाहरु एवम् सम्पूर्ण जनप्रतिनीधिले आ-आफ्नो संस्था/निकायबाट विज्ञसि प्रकाशन गर्ने। nouy बुन्दासंांड Muak Oppe4'

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर