Saturday, August 1, 2026

बारासहित मधेशका ४ जिल्लामा कांग्रेसको चुनावी सभा, गगन थापाले सम्बोधन गर्ने

कलैया, १६ फागुन। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आज मधेश प्रदेशका चार जिल्लाहरूमा चुनावी सभालाई सम्बोधन गर्दै छन्। आफ्नो चुनावी अभियानलाई तीव्र बनाउने क्रममा सभापति थापाले आज सर्लाहीको लालबन्दी, रौतहट, बारा हुँदै पर्साको वीरगञ्जमा आयोजना हुने विशाल चुनावी सभालाई सम्बोधन गर्ने कार्यतालिका रहेको छ।

बाराको कोल्हवी नगरपालिका–१ नयाँ बजारस्थित प्रांगणमा हुने सभामा पार्टीका केन्द्रीय तथा प्रदेश तहका नेताहरूको समेत सहभागिता रहने जनाइएको छ।

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै मधेश प्रदेशमा कांग्रेसको प्रभाव विस्तार र ‘मधेसको बेटा’ बनेर जनताको समस्या सुन्ने उद्देश्यका साथ यस अघि नै उनले मधेशका अन्य जिल्लाको चुनावी सभालाई सम्बोधन गरिसकेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर