Saturday, August 1, 2026

मतदान केन्द्रमै प्राथमिक उपचार सेवा व्यवस्था गर्न निर्वाचन आयोगको निर्देशन

कलैया, १६ फागुन। आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले देशभरका मतदान केन्द्रमा प्राथमिक स्वास्थ्य उपचार सेवाको व्यवस्था गर्न निर्देशन दिएको छ।

आयोगले निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मी र मतदानका लागि आउने ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिलगायतका मतदाताको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै आकस्मिक सेवा सुचारु राख्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको छ।

सोही अनुसार देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी र औषधी तयारी अवस्थामा राख्न र आवश्यक समन्वयका लागि सबै स्थानीय तहलाई समेत निर्देशन दिइएको छ। निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न सरकारी संयन्त्रसँग निरन्तर सहकार्य भइरहेको आयोगले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर