Saturday, August 1, 2026

मध्यपूर्वमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन बालेनको अपिल

कलैया, १६ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहले मध्यपूर्व एसियाका विभिन्न देशहरूमा बसोबास गरिरहेका नेपाली नागरिकहरूलाई विशेष अनुरोध गर्दै उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।

पछिल्लो समय त्यस क्षेत्रमा देखिएको असामान्य परिस्थिति र सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै शाहले सामाजिक सञ्जालमार्फत सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सुरक्षित रहन अपिल गरेका हुन। उनले त्यहाँस्थित नेपाली राजदूतावासहरूले जारी गरेका निर्देशनहरूलाई गम्भीरतापूर्वक लिन आग्रह गर्दै स्थानीय सुरक्षा निकायको नीति नियम पूर्ण रूपमा पालना गर्न सुझाव दिएका छन्। उनले सम्भावित जोखिमबाट बच्नका लागि अत्यावश्यक अवस्थामा बाहेक घरबाहिर ननिस्कन र यात्रा नगर्न समेत अनुरोध गरेका छन् ।

यसैगरी, शाहले प्रवासमा रहेका नेपालीहरूलाई नजिकैको सुरक्षित आश्रयस्थल वा सेल्टरको जानकारी पहिल्यै राख्न र कुनै पनि समस्या परेमा तुरुन्त सम्बन्धित राजदूतावाससँग सम्पर्क गर्न आग्रह गर्नुभएको छ।

उनले आधिकारिक सूचना र समाचारहरूमा मात्र विश्वास गर्न आग्रह गरेका छन्। नेपालबाट वैदेशिक रोजगारीका लागि ठूलो संख्यामा नेपालीहरू मध्यपूर्वका मुलुकहरूमा रहेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर