Friday, September 11, 2026

इरानी सर्वोच्च नेता खामेनीको निधन भएको पुष्टि, इरानमा ४० दिने शोक घोषणा

Advertisement
Advertisement Advertisement

कलैया, १७ फागुन । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको निधन भएको छ। इरानी सरकारी टेलिभिजनले आज बिहान एक विशेष बुलेटिनमार्फत खामेनी अब यस संसारमा नरहेको आधिकारिक पुष्टि गरेको हो।

समाचार वाचनका क्रममा वाचक निकै भावुक देखिएका थिए भने खामेनीको निधनको खबर सार्वजनिक भएलगत्तै इरान सरकारले देशभर ४० दिने राष्ट्रिय शोकको घोषणा गरेको छ।

विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यम र रिपोर्टहरूका अनुसार खामेनीको निधन तेहरानस्थित उनको निवासमा भएको इजरायली र अमेरिकी सेनाको संयुक्त हवाई आक्रमणमा भएको जनाइएको छ। अपरेसनका क्रममा खामेनीको कम्पाउण्डमा ठूलो क्षति पुगेको र उहाँसँगै केही उच्च सैन्य अधिकारीहरू पनि मारिएको दाबी गरिएको छ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसियल’ मार्फत खामेनीको मृत्यु भएको पुष्टि गर्दै यसलाई इरानका जनता र विश्वका लागि न्याय भएको टिप्पणी गरेका छन्।

उनले लेखेका छन, “इतिहासकै सबैभन्दा खराब व्यक्तिमध्येका एक, खामेनी अब मरेका छन्। यो इरानी जनताका लागि आफ्नो देश फिर्ता लिने सबैभन्दा ठूलो अवसर हो।”

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर