Saturday, August 1, 2026

बारामा ११० मध्ये २८ जना उम्मेदवारले मात्रै खोले बैंक खाता

कलैया, १७ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बारा जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका कुल ११० जनामध्ये हालसम्म २८ जना उम्मेदवारले मात्रै निर्वाचन प्रयोजनका लागि बैंक खाता सञ्चालनमा ल्याएका छन्।

निर्वाचन आचारसंहिता अनुगमन समितिका अनुसार चुनावी प्रचारप्रसार र अन्य व्यवस्थापकीय कार्यमा हुने खर्च र प्राप्त हुने आम्दानीलाई पारदर्शी बनाउन अनिवार्य रूपमा बैंक खाता खोल्नुपर्ने व्यवस्था गरिएको हो। कोष तथा लेखा नियन्त्रण कार्यालय बाराका कोष नियन्त्रक राधेश्याम गिरिले उम्मेदवारहरूले निर्वाचन अवधिभर गर्ने सम्पूर्ण आर्थिक कारोबार सोही बैंक खातामार्फत नै गर्नुपर्ने जानकारी दिनुभएको छ।

बैंक खाता खोल्ने उम्मेदवारहरूमा निर्वाचन क्षेत्र नं. १ बाट आम जनता पार्टीका बिजय यादव, राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश धिमाल, नेकपा (एमाले) का अच्युत प्रसाद मैनाली, नेपाली काँग्रेसका शम्भु बहादुर बुढाथोकी र जनता समाजवादी पार्टी नेपालका रामवावु प्रसाद यादव रहेका छन्।

त्यस्तै निर्वाचन क्षेत्र नं. २ बाट नेपाली कम्युनिष्ट पार्टीका रमेश प्रसाद यादव, जनता समाजवादी पार्टी नेपालका रामकिशोर प्रसाद यादव, नेपाल मजदुर किसान पार्टीका चन्दन कुमार यादव र नेकपा (एमाले) का बलबिर प्रसाद चौधरीले खाता सञ्चालन गरेका छन्। निर्वाचन क्षेत्र नं. ३ बाट खाता खोल्नेहरूमा नेपाल मजदुर किसान पार्टीका रामएकबाल राउत, नेपाली काँग्रेसका फरमुल्लाह मंसुर, नेकपा (एमाले) की ज्वाला कुमारी साह र राष्ट्रिय स्वतन्त्र पार्टीका अरविन्द साह रहेका छन्।

निर्वाचन क्षेत्र नं. ४ बाट बैंक खाता सञ्चालन गर्नेहरूमा राष्ट्रिय परिवर्तन पार्टीका सर्वेन्द्र खनाल, नेपाली काँग्रेसका श्यामबाबु गुप्ता, राष्ट्रिय प्रजातन्त्र पार्टीका दिलिप कुमार शर्मा नेपाल, स्वतन्त्र उम्मेदवार दिपक सिंह चौधरी, स्वतन्त्र उम्मेदवार संजु चौधरी, स्वतन्त्र उम्मेदवार पुर्ण प्रसाद पन्थ, नेकपा (एमाले) का कृष्ण कुमार श्रेष्ठ, प्रजातान्त्रिक पार्टी नेपालकी मुनी खातुन, स्वतन्त्र उम्मेदवार शम्भु प्रसाद यादव, स्वतन्त्र उम्मेदवार मंगेश्वर पटेल, स्वतन्त्र उम्मेदवार मुकेश कुमार रौनियार, जनता समाजवादी पार्टी नेपालकी सन्जु साह कानु, स्वतन्त्र उम्मेदवार बैधनाथ प्रसाद साह, नेपाली कम्युनिष्ट पार्टीका अजय कुशवाहा र राष्ट्रिय स्वतन्त्र पार्टीका रहवर अंसारी रहेका छन्। निर्वाचन कार्यालयले बाँकी रहेका उम्मेदवारहरूलाई पनि यथाशीघ्र बैंक खाता खोली सोको विवरण पेश गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर