Thursday, June 4, 2026

प्रतिनिधिसभा निर्वाचन: बाराको सबै सीमा नाका सिल

spot_img

कलैया, १९ फागुन। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न बारा जिल्लाको नेपाल–भारत सीमा नाका ७२ घण्टाका लागि बन्द गरिएको छ।

जिल्ला प्रशासन कार्यालय बाराका अनुसार गए राति १२ बजेदेखि लागू हुने गरी मतदान नसकिएसम्मका लागि सीमा नाका पूर्ण रूपमा सिल गरिएको हो। निर्वाचन सुरक्षा निर्देशिका बमोजिम अन्तर्राष्ट्रिय सीमा जोडिएका जिल्लाहरूमा मतदान हुनु ७२ घण्टा अघिदेखि नै आवतजावत बन्द गर्ने गरिन्छ।

यसैबीच निर्वाचन हुनु ४८ घण्टा अघि अर्थात् गए राति १२ बजेदेखि नै मौन अवधि पनि सुरु भएको छ। निर्वाचन आयोगका अनुसार यो अवधिमा राजनीतिक दल, उम्मेदवार तथा कार्यकर्ताहरूले कुनै पनि माध्यमबाट चुनावको प्रचारप्रसार गर्न पाउने छैनन्।

मौन अवधिको उल्लंघन गर्ने र मतदातालाई प्रभावित पार्ने गतिविधि गर्नेमाथि कडा निगरानी राखिएको प्रशासनले जनाएको छ। बाराका चारवटै निर्वाचन क्षेत्रमा मतदान प्रक्रियालाई व्यवस्थित बनाउन सुरक्षाकर्मीहरू उच्च सतर्कताका साथ परिचालन गरिएको छ। प्रशासनले समेत सीमा नाका बन्द र मौन अवधिको पालनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न मातहतका निकायलाई निर्देशन दिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर