कलैया, २२ फागुन। सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश जारी गरेको छ। शुक्रवार न्यायाधीश महेश शर्मा पौडेलको एकल इजलासले प्रसाईंको पक्षमा परेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै उनलाई हिरासतबाट मुक्त गर्न आदेश दिएको हो।
प्रहरीले पछिल्लो पटक प्रसाईंलाई भक्तपुरस्थित उनको निजी निवासबाट पक्राउ गरेको थियो। निर्वाचनलाई लक्षित गरी भ्रामक प्रचार गरेको र शान्ति सुरक्षामा खलल पुर्याउन खोजेको आरोपमा प्रहरीले उनलाई गत मंगलबार पक्राउ परेका थिए । उनीमाथि जिल्ला प्रहरी कार्यालयले पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको थियो ।
आफ्नो गिरफ्तारी गैरकानूनी रहेको दाबी गर्दै प्रसाईंले सर्वोच्चमा रिट दर्ता गराएका थिए। अदालतको यस आदेशसँगै उनलाई हिरासत मुक्त गर्ने बाटो खुलेको छ। प्रसाईं पटक–पटक पक्राउ पर्ने र अदालतको आदेशबाट छुट्ने क्रम चल्दै आएको छ।





