Saturday, August 1, 2026

गोरखा–१ मा रास्वपाका सुधन गुरुङ निर्वाचित

कलैया, २५ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत गोरखा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुधन गुरुङ भारी मतान्तरका साथ विजयी भएका छन्। मतगणनाको अन्तिम नतिजाअनुसार गुरुङले आफ्ना प्रतिस्पर्धीहरूलाई निकै पछाडि पार्दै जित सुनिश्चित गरेका हुन्।

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम परिणामअनुसार गुरुङले २९ हजार ८९६ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेम खत्रीले १५ हजार ३९८ मत मात्र प्राप्त गरे। यससँगै गुरुङ र खत्रीबीचको मतान्तर १४ हजार ४९८ रहेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर