Saturday, August 1, 2026

धनुषा–१ : नेकपाका मातृकाप्रसाद यादवले पाए निर्वाचित भएको प्रमाणपत्र

कलैया, २५ फागुन । धनुषा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता मातृकाप्रसाद यादव विजयी घोषित भएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयले सोमबार साँझ यादवलाई निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण गरेको छ।

लामो समयको अन्योल र विवादपछि सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै निर्वाचन अधिकृतको कार्यालयले रोकिएको परिणाम घोषणा गरेको हो।

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदिएको थियो। तर, मतदानका क्रममा घण्टी चिह्नमा सबैभन्दा धेरै मत परेको देखिएपछि निर्वाचन अधिकृतको कार्यालयले नतिजा घोषणा नगरी स्थगित गरेको थियो।

रास्वपा उम्मेदवारको खारेजी विरुद्ध परेको रिटमा सर्वोच्च अदालतले सोमबार अन्तरिम आदेश नदिएपछि उम्मेदवारी कायम रहेकामध्ये सबैभन्दा बढी मत पाउने यादवलाई विजयी घोषणा गरिएको हो। सर्वोच्चले यस विषयमा थप छलफलका लागि दुवै पक्षलाई फागुन २९ गते बोलाएको छ। विजयी भएका मातृकाप्रसाद यादवले १० हजार ४०३ मत प्राप्त गरेका छन् । यस्तै कांग्रेसका रामपल्टन साहले ९ हजार ५०२ र एमालेका रामचन्द्र मण्डलले ९ हजार ३१५ मत प्राप्त गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर