Saturday, August 1, 2026

बारामा ११० मध्ये हालसम्म ३५ उम्मेदवारले मात्र बुझाए निर्वाचन खर्च

कलैया, ०५ चैत । बाराका चारवटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका ११० जना उम्मेदवारमध्ये अहिलेसम्म ३५ जनाले मात्र निर्वाचन खर्च विवरण बुझाएका छन्। जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख निर्वाचन अधिकारी नवीन चौधरीका अनुसार निर्वाचन सम्पन्न भएको १० दिन बितिसक्दा पनि ३५ जना उम्मेदवारले मात्रै खर्च विवरण बुझाएका हुन्।

उनका अनुसार उम्मेदवारहरूले निर्वाचन आयोग तथा जिल्ला निर्वाचन कार्यालयमा विवरण बुझाउने क्रम अझै जारी रहेको छ। निर्वाचन खर्च विवरण बुझाउने ३५ दिनको समयसीमा भए पनि हालसम्म बुझाउने तथा नबुझाउने उम्मेदवारहरूको नाम गोप्य राखिएको छ। उनले ३५ दिनको समयसीमा सकिएपछि सम्बन्धित उम्मेदवारहरूको नाम सार्वजनिक गरिने जानकारी दिए।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा बाराका चारवटै क्षेत्रमा ११० जना उम्मेदवार प्रतिस्पर्धामा रहेका थिए। उक्त निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चारै क्षेत्रमा जित हासिल गरेको थियो।

रास्वपाबाट क्षेत्र नं. १ बाट गणेश धिमाल, क्षेत्र नं. २ बाट चन्दन कुमार सिंह, क्षेत्र नं. ३ बाट अरविन्द साह र क्षेत्र नं. ४ बाट रहबर अंसारी निर्वाचित भएका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर