Saturday, August 1, 2026

शुक्रबार प्रधानमन्त्री बन्दै बालेनः मध्याह्न १२:३४ बजे शपथ , सवा २ बजे सिंहदरबार प्रवेश गर्ने

कलैया, ११ चैत । नेपालको राजनीतिक इतिहासमा एक नयाँ अध्याय थप्दै आगामी चैत १३ गते मुलुकले नयाँ प्रधानमन्त्री पाउने भएको छ। हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा ऐतिहासिक सफलता हासिल गरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले सो दिन प्रधानमन्त्रीको रूपमा पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ।

शपथ ग्रहण समारोहलाई विशेष र सांस्कृतिक रूपमा भव्य बनाउने तयारी गरिएको छ। उक्त दिन मध्याह्न १२:३४ बजे तय गरिएको शपथ ग्रहण समारोहमा सातवटा शंख फुकेर शंखनाद गरिनेछ भने १०८ जना बटुकहरूले स्वस्ती शान्ति वाचन गरी मङ्गल धुन गुञ्जायमान गर्नेछन्। साथै, १६ जना बौद्ध भिक्षुहरूले अष्ठमंगल पाठ गरी सुख, शान्ति र समृद्धिको कामना गर्ने तालिका रहेको छ।

शपथ ग्रहण पश्चात् नवनियुक्त प्रधानमन्त्री बालेनले सोही दिन दिउँसो सवा २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर आफ्नो पद बहाली गर्नेछन्। युवा पुस्ताको आशाको रुपमा चिनिएका बालेनको सत्तारोहणलाई लिएर आम नागरिकमा ठूलो उत्साह र अपेक्षा देखिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर