कलैया, १३ चैत । प्रधानमन्त्री पदको शपथ लिने तयारीमा रहेका बालेन्द्र शाह (बालेन) को निजी सुरक्षा गार्ड (पीएसओ) मा नेपाल प्रहरीका डिएसपी दिपेश बस्याल नियुक्त भएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट ऐतिहासिक जित हासिल गर्दै देशको ४० औँ प्रधानमन्त्रीका रूपमा कार्यभार सम्हाल्न लागेका शाहको सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै गृह मन्त्रालयको समन्वयमा यो नियुक्ति गरिएको हो ।
नेपालमा प्रधानमन्त्रीको सुरक्षा अत्यन्त संवेदनशील मानिने हुनाले यसमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल को संयुक्त टोली खटिने गरेको छ।





