Thursday, June 4, 2026

प्रधानमन्त्री बालेन्द्र शाहद्वारा शपथ ग्रहण

spot_img

कलैया, १३ चैत । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको नेतामा चयन भएका शाहलाई राष्ट्रपतिले संविधानको धारा ७६ (१) बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेका हुन। राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा उपराष्ट्रपति, प्रधानन्यायाधीश र पूर्वप्रधानमन्त्रीहरूको उपस्थिति रहेको थियो।

यसपटकको शपथ ग्रहण समारोह ऐतिहासिक र सांस्कृतिक दृष्टिले फरक देखियो। पहिलोपटक वैदिक–सनातन परम्परा अनुसार १०८ बटुकद्वारा स्वस्ति-वाचन र १०८ बौद्ध भिक्षुहरूबाट मङ्गल पाठका बीच शङ्खनाद गरेर शपथ कार्यक्रम सम्पन्न गरिएको थियो। समारोहमा विभिन्न संवैधानिक निकायका प्रमुख तथा कूटनीतिक नियोगका पदाधिकारीहरूको समेत बाक्लो उपस्थिति रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर