कलैया, १४ चैत । प्रहरीले पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई आज बिहान भक्तपुरको कटुञ्जेस्थित उनको निवासबाट पक्राउ गरे पछि काठमाडौँको २ नं गण महाराजगञ्जमा राखिएको छ।
जेनजी आन्दोलनका क्रममा भएको दमन र मानवीय क्षतिको छानबिन गर्न गठित गौरीबहादुर कार्की आयोगको सिफारिस कार्यान्वयनका सिलसिलामा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
२०८२ भदौमा भएको उक्त आन्दोलनका क्रममा उनको निजी निवास आगजनीबाट क्षतिग्रस्त भएपछि लेखक हाल सूर्यविनायक नगरपालिका–५ कटुञ्जेमा भाडाको घरमा बस्दै आएका थिए । नवनियुक्त प्रधानमन्त्री बालेन शाहको मन्त्रिपरिषद्ले आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेसँगै यो कदम चालिएको हो।





