Thursday, June 4, 2026

वीरगञ्ज नाकाबाट डेढ महिनामै भित्रिए दुई हजारभन्दा बढी ग्यास बुलेट

spot_img

कलैया, १४ चैत । मध्यपूर्वमा देखिएको बढ्दो संकटका कारण विश्व बजारमा एलपी ग्यासको आपूर्तिमा चुनौती थपिइरहेका बेला नेपालको प्रमुख व्यापारिक नाका वीरगञ्जबाट पछिल्लो डेढ महिको अवधिमा मात्रै दुई हजारभन्दा बढी ग्यास बुलेट नेपाल भित्रिएका छन्।

भन्सार तथ्याङ्क अनुसार फागुन महिनामा १ हजार ५६० र चैतको पहिलो १३ दिनमा ५७६ वटा बुलेट भित्रिएका हुन्। एकीकृत भन्सार जाँचचौकीको व्यवस्थापन गरिरहेको टिआरएस हिमालयन लजी पार्कका अपरेसन हेड गणेश घिमिरेका अनुसार फागुन १ देखि चैत १३ गते सम्म दुई हजार १३६ वटा एलपी ग्यासका बुलेट वीरगञ्ज नाका हुँदै भित्रिएका हुन ।

चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै २० अर्ब ८५ करोड रुपैयाँ बराबरको करिब २० करोड २८ लाख किलो ग्यास आयात भएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर