Saturday, August 1, 2026

ओली र लेखकलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

कलैया, १५ चैत । काठमाडौं जिल्ला अदालतले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ। आइतबार न्यायाधीश आनन्द श्रेष्ठको इजलासले दुवै नेतालाई हिरासतमा राखी अनुसन्धान अघि बढाउन म्याद प्रदान गरेको हो।

पूर्व न्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले ओली र लेखकलाई दोषी ठहर गर्दै कारबाहीका लागि सिफारिस गरेपछि सरकारले यो कदम चालेको हो।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीमाथि दमन गरेको र मानवीय क्षति भएको विषयमा अनुसन्धान गर्न सरकारी वकीलको कार्यालयले म्याद थपको माग गरेको थियो।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर