कलैया, १५ चैत । नेपाली कांग्रेसका नेता तथा पूर्व ऊर्जामन्त्री दीपक खड्कालाई सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा अनुसन्धान गर्न अदालतले ७ दिनको अनुमति दिएको छ।
आइतबार बिहान बुढानीलकण्ठबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो द्वारा नियन्त्रणमा लिइएका खड्कालाई काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको थियो । अदालतले हिरासतमा राखेर थप अनुसन्धान गर्न ७ दिनको म्याद दिएको हो। सीआईबीले खड्कालाई आवश्यक प्रारम्भिक सोधपुछ पश्चात् थप विस्तृत अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको जिम्मा लगाएको छ।
विशेष गरी गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा उनको निवासमा भएको आगजनीपछि जलेका नोटका टुक्राहरू भेटिए पछि उनीमाथि अनुसन्धानको प्रक्रिया तीव्र पारिएको थियो।





