Thursday, June 4, 2026

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

spot_img

कलैया, १६ चैत । प्रधानमन्त्री बालेन शाहले आज सोमबार अपराह्न ४ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सम्मित पोखरेलका अनुसार उक्त बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको छ। नवनिर्वाचित सरकार गठन भएयता बस्न लागेको यो दोस्रो मन्त्रिपरिषद् बैठक हो।

यसअघि गत शुक्रबार सरकार गठन भएलगत्तै बसेको पहिलो बैठकले कार्की आयोगले पेश गरेको सिफारिसलाई कार्यान्वयनमा लैजाने महत्त्वपूर्ण निर्णय गरेको थियो।

आजको बैठकमा सरकारका आगामी कार्ययोजना र समसामयिक राजनीतिक तथा प्रशासनिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर