कलैया, १६ चैत । सरकारले चैत १९ गते संसद बैठक आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले चैत १९ गते (बिहिबार) अपराह्न २ बजे बैठक आह्वानको निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पाेखरेलले जानकारी दिएका छन् ।
मन्त्रिपरिषद्को यो सिफारिससँगै अब राष्ट्रपतिबाट औपचारिक रूपमा संसद अधिवेशन आह्वान हुने संवैधानिक व्यवस्था रहेको छ।





