Saturday, August 1, 2026

हाजिरी जमानीमा छुटे काठमाडौँका पूर्व प्रमुख जिल्ला अधिकारी रिजाल

कलैया, १७ चैत । काठमाडौँका पूर्व प्रमुख जिल्ला अधिकारी (सिडिओ) छवि रिजाल हाजिरी जमानीमा रिहा भएका छन्। गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा दमन गरेको आरोपमा उनलाई मंगलबार बिहान पक्राउ गरिएको थियो। गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको सिफारिसका आधारमा रिजालमाथि कानुनी कारबाही अगाडि बढाइएको हो।

प्रहरी नियन्त्रणमा रहेका रिजाललाई मंगलबार बेलुका जिल्ला सरकारी वकिलको कार्यालयको परामर्शमा हाजिरी जमानीमा छाडिएको छ। काठमाडौँ प्रहरी परिसरका प्रमुख एसएसपी रमेश थापाका अनुसार अनुसन्धान प्रक्रिया जारी रहेकै अवस्थामा उनलाई जमानीमा छोडिएको हो। रिजाल सिडिओ रहँदा आन्दोलनकारीमाथि अत्यधिक बल प्रयोग भएको आयोगको ठहर छ।

यसअघि सोही प्रकरण र अन्य राजनीतिक घटनाक्रमको सिलसिलामा प्रहरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई समेत पक्राउ गरेको थियो। उनीहरूलाई शनिबार पक्राउ गरी काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर हिरासतमा राखिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर